आज थपिए ३ हजार ७५० जना कोरोना संक्रमित, कुल संख्या ६ लाख २३ हजार १५१पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौं,समाचारदाता,जेठ २८ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ३ हजार ७५०जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ६ लाख २३ हजार १५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ५ लाख २० हजार ८१६ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *