अबैध हरिणको मासु र तीन नाल भरुवा बन्दुक सहित बराहक्षेत्रबाट दुई जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौं,समाचारदाता,जेठ २९ गते।

जंगलबाट मारेर ल्याएको अबैध हरिणको मासु र तीन नाल भरुवा बन्दुक सहित बराहक्षेत्र नगरपालिका वार्ड न २ चतराको रेल्वेलाइनबाट दुई जनालाई पक्राउ गरेको छ ।

जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको सूचनाको आधारमा महेन्द्रनगर प्रहरीका इन्चार्ज प्रहरी निरिक्षकको नेतित्वको टोलीले अवैध हतियार , हरिणको मासु सहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीलाई जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरीले बराहक्षेत्र २ रेललाइन स्थित निरज घिमिरेको घरमा काटेको हरिणको मासु १२ किलो, हरिणको सिङ, टाउको सहित घरमै लुकाइ राखेको ३ नाल भरुवा बन्दुक, बारुद १०० ग्राम र खुकुरी सहित सोहि स्थान बस्ने २५ बर्षका एसुब राना मगर र २५ बर्षिय सागर मगरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको हरिणको मासुलाई प्रहरी, ईलाका सब डिबिजन बन कार्यलय नडाहका कर्मचारी तथा पत्रकारहरुको उपस्थितिमा खाल्डो खनेर पुरेर नष्ट गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *