इजरायलले फेरि गाजा पट्टीमा हवाई आक्रमण गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार २  गते।

इजरायलले फेरि गाजा पट्टीमा हवाई आक्रमण गरेको छ।

इजरायलीले सेनाले बुधबार सबेरै  विद्रोही समूह हमासलाई लक्षित गरी बम खसालेको हो।

इजरायलमा नयाँ सरकार बनेको तीन दिन नबित्दै गाजामा फेरि हमला गरिएको हो।

गत महिना ११ दिनसम्म इजरायल र हमासले रकेट हानाहान गरेका थिए। बेन्यामिन नेतन्याहू प्रधानमन्त्रीबाट बाहिरिएपछि इजरायल र प्यालेस्टाइन र हमासलाई गर्ने व्यवहारमा परिवर्तन हुने अपेक्षाबीच बुधबारको हवाई आक्रमण भएको हो।

हमासले  केही बेलुनहरू दक्षिणी इजरायलमा पठाएकाले आक्रमण गर्नु परेको इजरायलको सेनाले जनाएको छ। इजरायली सेनाका अनुसार हमास नेताहरूले बैठकका लागि प्रयोग गर्ने क्षेत्रलाई लक्षित गरी आक्रमण गरिएको हो। 

इजरायलले हानेको बमबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *