आज थपिए २ हजार ४२१ जना कोरोना संक्रमित, ८१ जना संक्रमितको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ९ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ हजार ४२१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार ७ हजार ४६१ आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ११ जना र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । साथै, पछिल्लो २४ घण्टामा ८१ जना संक्रमितको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *