चितवनमा जारी रहेको निषेधाज्ञा असार १७ गतेसम्म लम्ब्याइए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ९ गते।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई कम गर्न जारी रहेको निषेधाज्ञालाई खुकुलो पारिएको छ ।

निषेधाज्ञालाई केही खुकुलो पार्दै असार १७ गतेसम्म लम्ब्याइएको हो ।

जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्ने र पसलहरु सातामा तीन दिन खुल्न पाउने गरी निषेधाज्ञा थप गरिएको जनाएको छ ।

शुक्रबारदेखि गतेअनुसार निजी सवारी साधन जोर बिजोर प्रणालीमा सवारी साधन चल्न पाउनेछन् । यसैगरी भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्टस्, जुत्ता चप्पल, टेलरिङ र प्रेस पसलहरु हप्ताको आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म मात्रै सञ्चालन हुन पाउने प्रशासनले जनाएको छ ।

होटल रेष्टुरेन्ट तथा मिठाइ पसलले बेलुका ६ बजेसम्म मात्रै टेकअवे सेवा सञ्चालन गर्न पाउनेछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *