अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार १६ गते।
जनकपुरधाममा विपक्षी पाँचदलीय गठबन्धनका भ्रातृसंगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
जनकपुरको रेल्वे स्टेसनबाट निस्केको विरोध जूलूस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनकचोकमा पुगेर प्रधानमन्त्री ओलीको पुतला जलाएका छन् ।
संयुक्त विद्यार्थी संगठनको आह्वानमा निस्केको विरोध जूलूस प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नाराबाजी गरेका थियो ।
संयुक्त विद्यार्थी संगठनमा नेविसंघ धनुषा, अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियू धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायत संगठन आबद्ध छन् ।
प्रधानमन्त्री ओलीको कडा आलोचना गरेको भन्दै ओली समूहका राष्ट्रिय युवा संघ धनुषाका कार्यकर्ताहरुले विरोध प्रदर्शनको प्रतिकार गर्ने यसअघि नै चेतावनी दिएका थिए । ओलीको कदमविरुद्ध उनीहरुले विरोध प्रदर्शन समेत गरेका छन् ।