अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार १९ गते।
प्रतिवन्धित लागुऔषध सहित जनकपुरधामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था निवासी ३५ वर्षीय सन्तोष महासेठ तेस्रो पटक लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।
महासेठले आफ्नै घरमा गाँजा लुकाएर राखेको विशेष सूचना पाएपछि शुक्रबार राति घरबाटै पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता तथा डीएसपीले जानकारी दिए । उनको घरबाट २४ किलो २ सय ८० ग्राम गाँजा बरामद भएपछि उनलाई पक्राउ गरी अन्य अनुसन्धान शुरु गरिएको डीएसपीले बताए ।
महासेठ यसअघि २०७४ साल साउन १५ गते पनि १ किलो गाँजासहित पक्राउ परेका थिए । उनी जिल्ला अदालतको २०७४ साल भदौ २५ गतेको आदेशमा एक महिना जेल बसी छुटेका थिए ।
त्यसपछि २०७५ साल साउन १३ गते पनि उनी ७० ग्राम गाँजासहित पक्राउ परेका थिए । प्रहरीले लागूऔषध मुद्दा दर्ता गरेपछि उनी २०७५ भदौ ११ गते जिल्ला अदालतको आदेशमा १५ हजार धरौटीमा छुटेको पाइएको डीएसपीको भनाइ छ ।
चार वर्ष पछि पुनः पक्राउ परेका महासेठसंग ठुलै परिणाममा लागु औषध वरामद गरिएको प्रहरीले जनाएको छ ।