जि पि कोइराला फाउन्डेसन पर्साद्धारा बिरगंजमा रक्तदान कार्यक्रमको आयोजना गरियो

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,असार २१ गते।

जी.पी कोईराला फाउण्डेशन पर्साले नेपालका पुर्व प्रधानमन्त्रि स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको  छ ।

GP कोईराला फाउण्डेशन पर्सा द्वारा स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्मोत्सवको अवसरमा  रक्तदान कार्यक्रमको आयोजना गरेको फाउन्डेसनका अध्यक्ष मोहम्मद साहबुदिन्ले बताएका छन ।

वीरगंज शाखामा रगतको  अभाव भएकोले G p कोइरा फाउन्डेसनले   जन्मोत्सवको अवसर मा  अकास्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको बताएको छ ।

कार्यक्रमको अध्यक्षता मोहमद साहबुदिन्ले  गरेका थिए भने   प्रमुख अतिथि वीरगंज महानगरपालिकाको उप प्रमुख शान्ति कार्कीले सो कार्यक्रमको उद्घाघाटन गर्नु भएको थियो ।

कार्यक्रममा एक महिला सहित ६० जनाले रक्तदान गरेका कार्यक्रमका अध्यक्षले बताए ।

अतिथिमा नेपाली काग्रेंस पर्साका उपसभापति दिना प्रसाद गुप्ता,प्रकास उपाध्याय,वीरगंज महानगरपालिका वडा नं ६ का वडाध्यक्ष ध्रुव नेपाल,श्याम कुमार पोख्रेल,नरेन्द्र साह,विजय पौडेलको आतिथ्यमा फाउण्डेशनका सन्तोष सिहं, दिलिपराज कार्की,जितेन्द्र सिहं,मेहबुब अली (शेरु) हाजी शोहेल अख्तर अंसारी,हुकुम सिहं,शेख नेजामुदिन , भैयाराम पटेल,पुरुषोतम दुवे,  लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *