पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विद्यार्थी संगठनद्धारा शंख फुकेर विरोध प्रदर्शन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २७ गते।

विपक्षी गठबन्धनसँग आबद्ध संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरुद्धमा राजधानी शङ्ख जुलुस निकालेका छन् ।

नेपाल आयल निगमलाई मूल्यवृद्धि फिर्ता लिन अल्टिमेटम दिएका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्र्दै माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *