रौतहटमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,असार २९ गते।

रौतहटमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । 

मृतक मध्ये एकजना चालक रहेको प्रहरीले जनाएको छ । गएराती करिब ११: ४५​ बजे  देवाही गोनाही नगरपालिका वार्ड नं ४ स्थित  खेत जोतेर फर्किने क्रममा लालबकैया नदीको बाँधमा ना ४ त १५०७ नम्बरको उक्त ट्याक्टर दुर्घटना भएको थियो ।

नदीको बाँध वाट झन्डै १० फिट  तल झरेर पल्टेको गाडीमा सवार ४ जना मध्ये २ जनाको देवेन्द्र पटेल को छोरा बर्ष २० का  गोविन्दा पटेल र २२ का  कोबिन्द्र पटेलको  घटना स्थल मै मृत्यु भएको छ ।

पाना पटेल को छोरा राकेश पटेल र मायाराम पटेल को छोरा कान्थ पटेल गम्भीर घाइते भएका छन् ।

घाइते दुवैजनालाई उपचारको लागि रातीनै एम्बुलेन्सबाट बीरगंज पठाइएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *