अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ३० गते।
बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिलालाई ५१ हजार भत्ता दिने भएको छ।
नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण महिलालाई ५१ हजार भत्ता दिने उल्लेख छ। छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७८/०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुखले जानकारी दिए।
नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समूहले स्वागत गरेको छ। महिलाको स्वाभिमानलाई अगाडि बढाउनका लागि बजेटमा नै स्नातक पास गर्ने महिलालाई नगद ५१ हजार दिने प्रस्ताव निकै नै सराहनीय रहेको महिला अधिकारकर्मीले बताइन्।