अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार ३० गते।
पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् ।
पाकिस्तानको उत्तर पश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ ।
सो बसमा रहेका अरु ३९ जना नराम्ररी घाइते भएका छन् । सो प्रान्तको दासु क्षेत्रमा कामदारहरु लिएर हिँडेको सो बसमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए । बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले बम हानेका थिए । बसमा रहेका अरु घाइते यात्रुहरुमध्ये अधिकांश गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।
यो हमला कसले र किन गरेको हो भन्ने विषयमा केही खुलेको छैन । यहाँका सुरक्षाकर्मीहरुले सो बम हमलाको बारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।