आज थपिए २ हजार ९०५ जना कोरोना संक्रमित, १८ जना संक्रमितको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ३० गते।

आज पछिल्लो २४ घण्टामा थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मुलुकभर थप १८ जना संक्रमितको मृत्यु भएको छ, भने १६ सय ६ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *