निर्वाचन आयोगद्धारा निर्वाचन तालिका रद्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ३० गते।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।  यसअघि तत्कालीन केपी ओली सरकारले प्रतिनिधिसभा भंग गर्दै सो मितिमा चुनावको मिति घोषणा गरेपनि आयोगले कार्यतालिका सार्वजनिक गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *