मोबाइल लुटपाटमा संलग्न गिरोहका ३ जना काठमाडौंबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ३१ गते।

मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाराको निजगढ रेगाबस्ती  वडा नं. ४ घर भई हाल गोकर्णेश्वर बस्ने समिर तामाङ, निजगढनै घर भइ बौद्ध  बस्ने विरस मगर  र खोटाङको बतासे घर भई गोकर्णेश्वर  बस्ने भिम राई रहेका छन् ।

प्रहरी वृत्त वौद्धको विशेष टोलीले २० थान लुटेको मोवाइलसहित ३ जना पक्राउ गरेको छ ।

उनीहरुको साथबाट एउटा मोटरसाइकल र विभिन्न ब्राण्डका गरी २० थान मोवाइल बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपीले जानकारी दिएका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *