अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १ गते।
आज साउने संक्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।
ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । आजका दिन देखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्धतर्फ लाग्दछन् ।
त्यसैल साउने संक्रान्तिबाट दिन छोटो र रात लामो हुँदै जान्छ । वैदिक कालमा भगवान विष्णु शयनमा हुनुहुने भएकाले श्रावणमासबाट शयनमा रहनु हुने भएकाले नयाँ वर्षको थालनीको महिना मानिथ्यो । साउन महिनामा नेपाली हिन्दू धर्मका अनुयायीहरुल स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्य गर्दछन् । वैदिक शास्त्रअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ ।
पौराणिक ग्रन्थअनुसार समुद्र मन्थनको बेलामा निस्किएको कालकूट विष भगवान शिवले ग्रहण गरेको र मानवहितका लागि काम गरेको र महिलाहरुले सौभाग्य पनि पाएको श्रुतिअनुसार साउनमहिनामाका सोमबारका दिन शिवजीको पूजा गर्ने प्रचलन पनि छ ।
आज असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास रहिआएको छ ।
साउने संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।