अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता,साउन १ गते।
लागु औषध गाजा सहित एक जनालाई सर्लाहीबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ बस्ने अन्दाजी ३० वर्षीय अशोककुमार लामा छन् ।
विहिवार साँझ हरिवन नगरपालिका– २ अत्रौली खोलाबाट बा. ५२ प.१९३२ नं को मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा ७७ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।
उनिसंगै रहेका अन्य ३ जना भने फरार भएको प्रहरीले जनाएको छ ।
लामा र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यलय हरिवनमा राखिएको छ ।