आज थपिए २,४४५ जना कोरोना संक्रमित, कुल संख्या ६ लाख ६८ हजार ७५१ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ४ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २,४४५ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ६ लाख ६८ हजार ७५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म निको हुनेको संख्या ६ लाख ३३ हजार ३३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ३२ जनाले ज्यान गुमाएका छन् । योसँगै नौ हजार ५८२ जनाको मृत्यु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *