२ लाख ७५ हजार मुल्य बराबरको अवैध मालसामान तथा वोईलर कुखुरा बरामद

अनलाईन न्युजपाटी,उर्मिला यादव यात्री, नवलपरासी,समाचारदाता,साउन ६ गते।

जिल्ला प्रहरी कार्यालय पश्चिम्  नवलपरासीले  भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको करिब २ लाख ७५ हजार ८ सय मुल्य बराबरको बिभिन्न मालसामान तथा अवैध वोईलर कुखुरा जिल्लाको बिभिन्न स्थानबाट  बरामद गरेको छ ।

प्रहरीका अनुसार  सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउदै गरेको करिब १ लाख १९ हजार मुल्य बराबरको थान कपडा, लेडिज कुर्ता सुरुवाल, लेगिज, पर्दा लगायतका कपडा  पाल्हिनन्दन गाउंपालिका वडा नम्बर २ भक्सिपुरबाट बरामद गरेको छ । 

वरामद भएका सम्पुर्ण मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ । 

त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा ५ वटा मोटरसाईकलमा राखि ल्याउदै गरेको ३सय ९२ जिउ वोईलर कुखुरा  रामग्राम नगरपालिका वडा नं.१८ बंजरियाबाट वरामद गरेको जनाएको छ । बरामद भएको  कुखुराको  मुल्य करिब १ लाख ५६ हजार ८ सय बराबर रहेको छ ।

वरामद भएको कुखुरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय महेशपुर बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *