अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,साउन ६ गते।
वीरगंज भन्सारको पछाडिवाट व्यापक रुपमा लत्ताकपडा कबाडको व्यापक रुपमा तस्करी शुरु ।
विश्वव्यापी रुपले फैलिरहेको नोबेल कोरोना भाईरसको नियन्त्रणको लागि सिमानाका सिल भएपनि वीरगंज भन्सार स्थित रहेको सशस्त्र प्रहरीको मिलोमतोमा भन्सारको पछाडिको बाटो भई रातिको समय तस्करहरुले भारतवाट नेपाल तर्फ लत्ताकपडा , हाडयेवर, जुत्ता चप्पल ,भैसी रंजनिगंधा, माछा लगाएतका सामानहरु भित्राईरहेका छन् भने नेपालवाट भारत तर्फ कबाड, मोटर , चाईनिज स्याऊ लगाएतको व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।
सिमानाकाका मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको सहयोगले तस्करीहरुले ईनर्वा गाऊ भई तस्करहरुले दिनहुँ ५० लाख रुपैयाको भारतवाट नेपाल र नेपालवाट भारत तर्फ राज्शव छलि गरि भित्राईरहेको छन्।
पर्सा प्रहरीले तस्करीमा कडाई गरि पटक पटक अवैध सामानहरु पक्राउ गरिरहेपनि सशस्त्र प्रहरीले तस्करहरु संग मोटो रकमको नजराना बुझी वीरगंज भन्सारको पछाडिको बाटो भई तस्करीको लाईन दिएको कारणले गर्दै नेपाल प्रहरी नै बदनाम हुने गरेको नाम नछाप्रने सर्तमा एक प्रहरी अधिकारीले जनाएका छन्।
प्राप्त सुचना अनुसार सशस्त्र प्रहरी बीओपी भन्सारको सहयोगले हिजो बेलुकाको समयमा तस्करहरूले 3 वटा ठेलामा कबाड लोड गरि नेपालवाट भारत तर्फ भित्राईएको नाम नछाप्रने सर्तमा यश अनलाईनलाई एक तस्करले बताएका छन्।