दाङमा १० केजी चरेससहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ७ गते।

दाङमा १० केजी चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ निसी खोलाका २१ वर्षीय सुदिप सिंजाली मगर र बाग्लुङ बरिगाडका ३० वर्षीय रेमबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आरोपीले दाङको गढुवा गाउँपालिका १ धानखोलामा लागुऔषध चरेसको खरिद विक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा छापा मार्दा ९ केजी ९३० ग्राम चरेससहित  उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ।

पक्राउ परेका दुईजनालाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *