अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन ७ गते।
भारतमा किसानले आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्दै छन् ।
संसद भवनमा अहिले बर्खे अधिवेशन चलिरहेको छ । ६ महिना अगाडि सरकार र किसानबीच वार्ता भइरहेको वार्ता रोकिएको थियो । त्यस यता कुनै पनि वार्ता हुन सकेको छैन । संयुक्त किसान मोर्चाले २६ जनवरीमा निकालेको परेडमा हिंसा मच्चिएको थियो । अहिले संसद भवन बाहिर कुनै हिंसा भड्किए त्यसको जिम्मेवारी सरकारले नै लिनु पर्ने किसानले बताएका छन् ।
दश महिना पहिला पारित भएको कृषि कानुनप्रति असन्तुष्टि जनाउँदै किसानले विरोध प्रदर्शन गर्दै आएका छन् ।