गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरुले शपथ लिए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ८ गते।

गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् ।

माओवादीबाट ३ र कांग्रेसबाट ३ जना सांसद मन्त्री नियुक्त भएका हुन् ।

कांग्रेसका मेखलाल श्रेष्ठ, मणिचन्द्र शर्मा र विन्दुकुमार थापा मन्त्री नियुक्त भएका हुन् । यस्तै, माओवादीका रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढा मन्त्री नियुक्त भएका हुन् । यससँगै गण्डकी मन्त्रीपरिषद ११ सदस्यीय भएको छ ।

उनीहरूलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् । यसअघि सामाजिक विकास मन्त्री रहेका कुमार खड्काको जिम्मेवारी हेरफेर भएको छ । उनलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी परेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २९ जेठमा नियुक्ति र सपथ लिँदा नै कांग्रेसका कुमार खड्का, माओवादीकी मधु अधिकारी, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *