आजदेखि तीनदिनसम्म देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ११ गते।

आजदेखि तीनदिनसम्म देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार साँझ ६ बजे विभागले जारी गरेको बुलेटिन अनुसार न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने सम्भावना रहेको र सो प्रणालीका कारण देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

आज (सोमबार)देखि बुधबारसम्म देशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेका जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरी जनाएको छ ।

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली  रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *