कैलालीमा साउन २१ गतेसम्मका लागि निषेधाज्ञा थप

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,साउन ११ गते।

कैलालीमा निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा साउन २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने जनाइएको छ ।

निषेधाज्ञा थप गरेर पूर्व निर्धारित परीक्षा संचालन गर्दा एक कोठामा २५ जनालाई मात्र राख्न पाउने, गोष्ठी, तालिम, सेमिनार, बैठक संचालन गर्दा बढीमा २५ जना राख्न पाउने जारी आदेशमा उल्लेख छ।

जनस्वास्थ्यका मापदण्डको पालन गरेर मध्यम तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्न पाइने तर त्यस्ता सवारीसाधनले यात्रुहरुको नामावली र सम्पर्क नम्बरहरु प्रस्थान बिन्दु र गन्तव्य बिन्दुका ट्राफिक प्रहरी पोष्टमा अनिवार्य टिपाउनुपर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *