अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ११ गते।
कोरोना संक्रमण बढेको भन्दै इटहरी उपमहानगरपालिकाले मंगलबारदेखि अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गर्ने भएको छ ।

आज एक सूचना जारी गर्दै उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा भोलि मंगलबार १२ गतेदेखि १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको हो ।
उपमहानगरका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको तथा केहीमा कोरोनसँग मिल्दोजुल्दो लक्षण देखिएकाले इटहरीका २० वटै वडा कार्यालयबाट प्रवाह हुँदै आएको सेवा १८ गतेसम्म बन्द गरिन लागेको विज्ञप्तिमा उल्लेख छ ।