भदौदेखि सरकारले ल्याएको कर्मचारी १० दिने भ्रमण काज छुट्टी कार्यान्वयनमा आउने, माइती–ससुराली क्षेत्रमा भ्रमण निषेध

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १२ गते।

सरकारी कर्मचारीले १० दिने भ्रमणका लागि पाउने भनिएको छुट्टी आगामी भदौदेखि कार्यान्वयनमा आउने भएको छ ।

विशेष कोभिड प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि भन्दै सरकारले चालु आर्थिक २०७८७९ को बजेट मार्फत नै घोषणा गरेको १० दिनको कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको हो ।

यसका लागि आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको र अब कार्यान्वयनमा मात्र लैजान बाँकी रहेको संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जनाएको छ ।

भ्रमण छुट्टी कार्यक्रम आर्थिक वर्षको सुरुमै लागू गर्नुपर्ने थियो । तर, त्यससम्बन्धी नीति तथा कार्यविधि पूर्ण रुपमा तयार नभएपछि केही ढिलाई हुन गएको थियो ।

तयार गरिएको भ्रमण निर्देशिकामा काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर नजिकै (पायक पर्ने) तथा माइती–ससुराली क्षेत्रमा भने भ्रमण क्षेत्र निषेध गरिएको छ ।

जारी हुन लागेको नीतिमा तोकिए बमोजिम फिल्डमै गई खर्च गर्न र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्ने भनिएको छ । १० दिन भ्रमण विदामा रहँदा कुनै तलव सुविधा काँटिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *