अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,साउन १३ गते।
लागूऔषध गाँजासहित बाराबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–१२ रामथली टोलका ६२ वर्षीय शेरबहादुर जिम्बा छन् ।
निजगढ–११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलमा गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिम्बाले पिठ्यूँमा बोकेको कालो रंगको झोलाभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका जिम्बामाथि बारा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।