सर्वोच्च अदालतले तीन महिनापछि आजबाट पूर्णरुपमा आफ्ना सेवा दिने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १५ गते।

सर्वोच्च अदालतले तीन महिनापछि शुक्रबारबाट पूर्णरुपमा आफ्ना सेवा दिने भएको छ ।

तीन महिनापछि सर्वोच्चले सबै प्रकारका सेवाहरु यसरी नियमित रुपमा सञ्चालन गर्ने भएको हो । असार ३१ मा बसेको सर्वोच्चको पूर्ण बैठकले यस्तो निर्णय गरेको प्रवक्ता बाबुराम दाहालले बताउँनु भयो ।

साउन १ मा पूर्ण बैठकको निर्णयबारे जानकारी गराउन प्रकाशित विज्ञप्तीमा साउन मध्यबाट नियमित सेवा दिइने उल्लेख थियो ।

अदालतले सेवा संकुचन गरेको अवधिभित्रका हद म्याद, म्याद र तारेख नगुज्रने भएका छन् । यसबारे गत वर्ष १५ जेठमा गरेको आदेशअनुसार नै हुने जनाएको छ । नेपालमा कोभिडको दोस्रो लहर सुरु भएसँगै सर्वोच्चले आफ्नो सेवामा सीमितता ल्याएको थियो ।

सर्वोच्चसँगै उच्च, विशेष र जिल्ला अदालतहरुले पनि संक्रमण फैलन नदिन विभिन्न किसिमका सेवा बन्द गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *