भारतीय चर्चित संगीतकार अनु मलिकलाई संगीत चोरीको आरोप

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन १८ गते।

भारतीय चर्चित संगीतकार अनु मलिकलाई संगीत चोरीको आरोप लागेको छ ।

फिल्म ‘दिलजले’ को एक गीतको संगीत उनले इजरायलको राष्ट्रिय गीतबाट लिएको पाइएको छ ।

आइतबार इजरायलले टोकियो ओलम्पिकमा दोस्रो स्वर्ण पदक जितेको थियो । सो अवसरमा खेलाडीको सम्मानमा राष्ट्रिय गान बजाइएको थियो । उक्त गीतको धुन फिल्म ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ सँग मिल्दो पाइएको हो । सामाजिक प्रयोगकर्ताले ‘दिलजले’ उक्त गीतको संगीत इजरायलको राष्ट्रिय गान चोरी भएको आरोप मलिकलाई लगाएका छन् ।

मलिकलाई संगीत चोरीको आरोप लागेको यो पहिलो भने होइन । यस अगाडि पनि उनलाई यस्तो आरोप लागेको थियो ।

सोही कारण उनी इन्डियन आइडलबाट बाहिर भएका पनि थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *