डोटीमा साउन २४ गते सम्मका लागि निषेधाज्ञा थपिए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १८ गते।

डोटीमा साउन २४ गते सम्मका लागि निषेधाज्ञा थपिएको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आइतबार बसकेको बैठकले गत वैशाखदेखि लागु गरिएको निषेधाज्ञाको समयावधि यहि साउन २४ गते सम्मका लागि बढाउने निर्णय गरेको हो ।

अत्यावश्यक कामबाहेक निषेधाज्ञा उलङ्घन गर्ने व्यक्तिलाई कानूनबमोजिम कार्वाही गरिने निमत्तप्रमुख जिल्ला अधिकारीले जानकारी दिए । जिल्लामा निषेधाज्ञाको समयमावधि थप गरिएको यो नवौँ पटक हो ।

केन्द्रले आन्तरिक सार्वजनिक सवारी साधन सञ्चालन गर्न, बिहान ६ बजेदेखि राति ८ बजेसम्म पसल खोल्न र बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

विकास निर्माणका काम र त्यसमा प्रयोग हुने यातायातका साधन मापदण्डअनुसार सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, व्युटीपार्लर, जीम हल सञ्चालन गर्न र भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम पनि गर्न नपाइने जारी सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *