अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १९ गते।
विद्युत प्राधिकरणमा फेरि कुलमान घिसिङलाई ल्याउने सरकारले तयारी थालेको छ ।
आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।
दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए ।
त्यतिबेलै उनको पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएको थियो।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शाक्यले राजीनामा दिएसंगै घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिएको छ ।