अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन २० गते।

अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको छ ।

अफगानिस्तानका रक्षामन्त्री जनरल बिस्मिल्लाह मोहम्मदीको घरको नजिक स्थानीय समयअनुसार मंगलबार राति ८ बजे कार बमको प्रयोग गरेर आक्रमण गरिएको छ । त्यसपछि गोलाबारी र ग्रिनेडको विस्फोटको आवाज पनि सुनिएको थियो ।

स्थानीय मिडियाका अनुसार विस्फोटपछि साइरनको आवाज सुनिएको थियो । त्यसपछि दोस्रो र तेस्रो विस्फोट भएको थियो । हमलालगत्तै सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए । त्यहाँबाट एम्बुलेन्स पनि निस्किँदै गरेको देखिएको थियो ।

रक्षा मन्त्रालयका प्रवक्ताले रक्षामन्त्रीको सुरक्षित रहेको जानकारी दिएका थिए । विस्फोटको समय उनी घरमा थिएनन् । स्रोतका अनुसार हमला रक्षामन्त्रीको एक गेस्ट हाउसमा भएको थियो । यस घटनामा मन्त्रीको परिवारका कोही पनि सदस्य घाइते भएनन् । एक स्वास्थ्य अधिकारीले घटनामा कम्तीमा १० जना घाइते भएको जानकारी दिएका छन् ।

यता, अफगानिस्तानका कयौँ सहरमा सेना र तालिबानबीच भीषण लडाइँ जारी छ । लश्करगाहमा अफगान सेना र तालिबानबीच भिडन्त जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *