अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता,भदौ १ गते।
सर्लाहीमा भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
खोप र पिसिआर चेकजाँचलाई प्राथमिकतामा राखेर रोकथाममा सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
स्कुल संचालन गर्न पाउनुपर्ने माग बारे छ्लफल भए पनि तत्काल खोल्ने निर्णय नभएको प्रजिअ महतोले बताए ।
बैठकले कोभिसिल्डको दोस्रो डोज लागाउन बाकी रहेकालाई भदौको दोस्रो साताबाट लगाउन सुरु गरिने छ भने तत्काल कुनै सरकारी तथा निजिसेवा बन्द गर्ने निर्णय नभएको बैठकमा सहभागी नागरिक समाज सर्लाहीका महासचिवले जानकारी दिए ।