अफगानिस्तानबाट उद्धार गरिएका नेपालीहरु काठमाडौं आइपुगे

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १ गते।

अफगानिस्तानबाट उद्धार गरिएका नेपालीहरु काठमाडौं आइपुगेका छन् ।

तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्यसक्रममा नेपालीहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको थियो ।

उद्धार गरिएका १२७ जना नेपालीलाई जजिरा एयरको विमानमार्फत् बिहान सवा १० बजेतिर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँबाट धेरै देशका नागरिक बिस्थापित हुन थालेका छन् । अझै केही नेपाली उद्धारको पर्खाइमा रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *