अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,भदौ ५ गते।
कञ्चनपुरबाट साढे चार किलो चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-७ का २१ वर्षीय किशोर सिंह, कृष्णपुर नगरपालिका-२ का ३६ वर्षीय गणेश भण्डारी र बझाङ छबिसपाथीभेरा गाउँपालिका-५ का ३२ वर्षीय झलक जाग्री रहेका छन्।
तीन जना व्यक्तिले चरेसको कारोबार गरिरहेको सूचनाका आधारमा शुक्रबार अपराह्न प्रहरीको टोली त्यहाँ पुगेको थियो।
तलासी लिँदा चार किलो ४९० ग्राम चरेस फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षकले बताए।