आज थपिए १,८०१ जना कोरोना संक्रमित, कूल संख्या ७ लाख ४८ हजार ९८१ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ७ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १,८०१जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ७ लाख ४८ हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार ९२४ जना निको भएका छन् ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ भने ७ लाख ९७ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *