अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,भदौ १० गते।
झापामा जारी निषेधाज्ञा १० दिनका लागि थपिएको छ।
बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको डिसिएमसीको बैठकले भदौ २० गते राति १२ बजेसम्मका लागि थप भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।
जिल्लामा कोरोना संक्रमणदर र मृत्युदरमा कमी नआएपछि थप १० दिन निषेधाज्ञा लम्बाइएको हो।
बैठकले अन्य निर्णयहरुलाई यथावत् राख्दै खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने पसलको हकमा समय परिवर्तन गरेको छ।
त्यस्ता पसल बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला गर्न पाइने भएको छ। होटेल, खाजा घर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुला रहनेसमेत निर्णय भएको छ।
अन्य सबै प्रकारका पसल बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णयलाई नै निरन्तरता दिइएको प्रजिअले जनाकारी दिए।