सिरहाको सखुवानानकारकट्टी गाउँपालिकामा नयाँ गाउँकमिटी गठन अध्यक्षमा : नेता महतो चयन

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,भदौ १२ गते।

सिरहाको  सखुवानानकारकट्टी गाउँपालिकामा माओवादी केन्द्रका नयाँ गाउँकमिटी गठन गरेको छ।

सखुवानानकारकट्टी गाउँपालिकामा  वडा नम्बर २ सोठीयाईनमा नयाँ वडा कमिटी गठन गरेको छ्।

नेकपा माओवादी केन्द्र सखुवानानकारकट्टी  गाउँपालीकामा जिल्ला कमिटीबाट बालेश्वर साह वाईसीएलको जिल्ला कमिटीको आशनन्द यादव लक्ष्मीपुर पतारी गाउँपालिकाको जिल्ला कमिटी वाईसीएल सदस्य अनिल परियार लगायतका नेताहरुको रोहवरमा उक्त गाउँपालिका वडा २ मा नयाँ वडा कमिटी गठन गरेको छ।

नबगठीत कमिटीमा अध्यक्ष राम परिक्षण महतो,इन्चार्ज जगदेब यादव सह इन्चार्जमा मात्रीका चौधरी सहिद परिवारको पतनी सुमिन्त्रा देबि यादव,उपाध्यक्ष रामपृत यादव,सदस्य सकलदेब दास जिबछ यादव लगायत दर्जनौं कार्यकर्ताहरु चयन भएको स्थानीय युवा नेता रामपरीक्षण महतोले जानकारी दिनुभयो।

चुनाव नजदिकै आउँदा विभिन्न राजनीति पार्टीहरुले केन्द्र प्रदेश जिल्ला नगर र पालीकाहरुमा कमिटीहरु गठन र चयन गर्न लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *