कैलालीमा गौरा, तीजलगायतका पर्वमा भिडभाड नगर्न अनुरोध

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,भदौ १२ गते।

कैलालीमा गौरा, तीजलगायतका पर्वमा भिडभाड नगर्न अनुरोध गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेकाले  गौरा, श्रीकृष्ण जन्माष्टमी र हरितालिका तीजलगायतका पर्व भिडभाड नगरी मनाउन जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको हो।

शनिबार एक सूचना जारी गर्दै प्रशासनले उल्लिखित पर्वहरु परम्परागत तथा सांकेतिक रुपमा मनाउन अनुरोध गरेको छ।

हाल कोभिड-१९ को संक्रमण तथा जोखिम दर उच्च रहेकोले यस अवधिमा पर्न जाने पर्वहरुमा स्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गरी परम्परागत रुपमा सांकेतिक तवरले मनाउन हुन सूचनामार्फत अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *