प्रहरीद्धारा स्रोत नखुलेको ६ लाख रकम सहित १ जना पक्राउ

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,भदौ १२ गते।

पर्सा प्रहरीले स्रोत नखुलेको ६ लाख  नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईनार्वा चौकीले वीरगंज भन्सार कार्यालय नजिक रहेको शंकरअचार्या गेटमा खटिएको नियमित चेकिङ्ग टोली भारतवाट वीरगंजतर्फ आउदै गरेको ना ८ प १८७ नम्बरको हिरो स्पेलन्डर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा ६  लाख स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

स्रोत नखुलेको रकम सहित वीरगंज महानगरपालिका वडा नम्बर १ बस्ने वर्षा ६० को स्वामिनाथ प्रसाद साह तेलीलाई पक्राउ गरेको छ।

पक्राउ परेको तेलीलाई बैक तथा वित्तीय सस्था ऐन २०७३विरुद्ध कसूर मुद्दा चलाउने तयारी भईरहेको पर्सा प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *