हुण्डी कारोबार गरेको आरोपमा दुईजना पर्साबाट पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,भदौ १३ गते।

हुण्डी कारोबार गरेको आरोपमा दुईजनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजारका ४५ वर्षीय बृजकिशोर गिरी र धोबिनी गाउँपालिका-२ गुलरियाका ५० वर्षीय रामपुकार पटेल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको प्लाटिना मोटरसाइकललाई चेक जाँच गर्दा उनीहहरुको साथबाट श्रोत नखुलेको १० लाख ६३ हजार ६२० नेपाली रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *