लहान नगरपालिकाका नगर प्रहरी र लहान ट्राफिक प्रहरीविरुद्ध प्रदर्शन

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,भदौ १३ गते। 

यातायात मजदुरहरुले सिरहाको लहानमा बिहिवार देखि चरणबद्ध रूपमा  निरन्तर आन्दोलनमा उत्रिएका छन् । लहान नगरपालिका लगायत सो नगरपालिकाका नगर प्रहरी  र लहान  ट्राफिक प्रहरीविरुद्ध उनिहरुले प्रदर्शन गरिरहेका छन् ।

बिहिवार प्रहरीहरुले आधिकारिक रुपमा कुनै सूचना नदिई आफुहरुको काउण्टर भित्रबाट लाखौ मुल्य बराबरको  सर – समान र कागजातहरु  जर्वजस्ती लगेर ज्यादती गरेको यातायात मजदुरको भनाई छ । कानुनी अनुमति पाएका आधिकारिक डाका जस्तो नाटकिय रुपान्तरणमा  दिउँसो एकहुलमा आई उक्त समानहरु एक्कासि लुटेर लगेको मजदुरहरुले बताएका छन् । कुनै पनि अफिसको कागज र समानहरु बर्दी लगाएर लग्नु अपराध भएको उनिहरुको ठहर छ ।

लहानका मेयर मुन्नी साह सुडि साबको डिजाईनमा पटक पटक  लहानका यातायात  ब्यवसायीहरुलाई नगर प्रहरी , ट्राफिक प्रहरीले दु:ख दिने गरेको सगरमाथा बस ब्यवसायी प्रालि लहानले जनाएको छ  ।

प्रालिका सम्पुर्ण पदाधिकारीहरुले शुक्रवार  लहान -८ स्थित  आफ्नै निजि कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुरा जनाएको हो ।

सिरहा जिल्लाको लहान नगरका प्रमुख सुडी ज्यु एउटा यस्तो मेयर हो जो जबरजस्ती निर्णय गराएर एकलौटी तवरले शासन लाद्ने  गरेको उनिहरुको बुझाई  छ । मेयर ज्युको अगाडि लहानको बुद्दिजिवीहरु केही हैन , उनी मात्र लहानमा नमुना पिस ब्यक्ति भएको सामुहिक रुपमा ब्यवसायीहरुले आक्रोश पोखे ।

मेयर साब धेरै ज्ञानी मान्छे हो , उहाँको अगाडी लहानमा कोई बुद्धिजीवी र पढेलेखेको मान्छे नै छैन्,  `व्यंग्यात्मक तरीकाले  नाम नखोल्ने शर्तमा एक जना बस ब्यवसायीको भनाई छ ।

पटक पटक बस पार्कलाई ब्यवस्थित गर्न नगरपालिका र यातायात व्यावसायी बिचमा औपचारिक र अनौपचारिक रुपमा सहमति भएको हो , हामी नगरपालिकाले  बसपार्क ब्यबस्थित गर्न तयार छौ , प्रालि लहानका अध्यक्ष हरीनारायण यादवले बताए,  तर  यात्रुलाई सुबिधा दिने हकमा हामी काउन्टर जहाँ पनि राख्न सक्छौ यो हामी ब्यवसायी र यात्रुको अधिकार भित्र पर्छ भन्दै उनले भने – काउन्टरको भाडा नगरपालिकाले तिर्ने हैन त्यो हामीले तिर्ने हौ त्यो हाम्रो ब्यक्तिगत अफिस जस्तै हो ।,

काठमाडौको कलन्कीमा बसपार्क छ भने काउन्टर कोटेश्वर मा छ यदि बिर्सिनु भको छ भने मेयर साहव र प्रहरीलाई हामी स्मरण गराउन चाहन्छौ, अर्का ब्यवसायी अच्युत काफ्लेले बताए । मागको सुनवाई नभएसम्म  लामो तीन सुत्रीय कानुन सम्बत माग राख्दै आन्दोलन चलीरहने उनिहरुले सम्मेलन मार्फत  बताएका छन् ।

जायज मागको सम्बोधन हुनुपर्छ नाजायज माग हामी उठाउदैनौ र राखदैनौ संयुक्त रात्रीकालिन सेवा काउन्टका शम्भुचौधरीले बताए । बसपार्क जहाँ भएपनी हामिलाई मतलब छैन हामी ब्यवस्थित गर्न र नगर पालिकालाई सहयोग गर्न तयार छौं  पुनः ब्यवसायीहरुले दोह्र्याए । यात्रुलाई सुविधा दिने बैकल्पिक पार्कहरु ठाउँ ठाउँमा दिएमा मात्र बसपार्क ब्यबस्थित हुने र यात्रुहरुको अधिकार सुरक्षित रहने  उनिहरुले तर्क गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *