झलनाथ खनाल सोमबार भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्किदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १३ गते।

झलनाथ खनाल सोमबार भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्कने भएका छन् ।

असार २ गते मृगौलामा समस्या भएपछि स्वास्थ्य उपचारका लागि नेता खनाल भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका थिए । 

स्वास्थ्य अवस्थामा सुधार आएसँगै नेता खनाल काठमाडौं फर्कन लागेको उनको निजी सचिवालयले जनाएको छ । 

भारतमा उपचारका लागि प्रस्थान गर्दा पार्टी एक बनाउन सन्देश दिएका उनले भदौँ ९ गते पार्टी विभाजन हुँदा आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै भारतस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयको समन्वयमा दल दर्ताका लागि सनाखत गरेका थिए । 

औपचारिक रुपमा पार्टी विभाजनको अघिल्लो चन्द्रागिरीमा बसेको माधव नेपाल समूह पक्षको बैठकमा उनले दिल्लीबाटै भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *