नेपाल आयल निगमको पार्किङ स्थलबाट आज बिहान डिजेल लोड गरिएको ट्यांकर चोरी

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,भदौ १४ गते।

नेपाल आयल निगमको पार्किङ स्थलबाट आज बिहान डिजेल लोड गरिएको ट्यांकर चोरी भएको छ ।

प्रहरीका अनुसार विराटनगर–४ स्थित कार्यालयको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी भएको हो । तर भगाउँदै गरेको अवस्थामा ट्यांकरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीका अनुसार भगाएर लगभग ४ किलोमिटर उत्तर मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारीमा पुर्‍याएपछि ट्यांकरसहित चालकलाई नियन्त्रणमा लिइएको हो ।

तीव्र गतिमा ट्यांकर भगाउँदै गर्दा चालक विराटनगर–४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *