आज थपिए २ हजार २९५ जना कोरोना संक्रमित, कुल संख्या ८ लाख ४४ हजार ४८८पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १४ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप २ हजार २९५ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ४४ हजार ४८८पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ७ लाख १४ हजार ५२०जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *