अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १४ गते।
दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ ।
अन्य दुई जना बेपत्ता भएका छन्।
आइतबार राति आएको बाढीपहिराले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो ।
पहिराले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिराले उनीहरूको पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षकले बताए ।