कृष्णाजन्माष्टमी महोत्सव तराई मधेशका जिल्लामा धुमधामका साथ मनाईंदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,भदौ १५ गते।

कृष्णाजन्माष्टमी महोत्सव तराई मधेशका जिल्लामा धुमधामका साथ मनाईंदैछ ।

जनकपुरधामसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट लगायतको जिल्लामा भगवान श्रीकृष्णको प्रतिमा निर्माण गरेर भव्य मेलाको आयोजना गरिदै छ ।

लगातार दोश्रो वर्ष कोरोनाले गर्दा जनकपुरधामस्थित रेल्वे स्टेशनमा कृष्णाजन्माष्टमी मेला औपचारिकतामा सीमित भएको छ ।

स्टेशन एरिया युवा क्लवको आयोजनामा प्रत्येक वर्ष श्रीकृष्णाजन्माष्टमी मनाउँदै आएको हो । यस वर्ष पनि कोरोनाले गर्दा भव्यता प्रदान गर्न नसकिएको आयोजकले जनाएको छ । यता, जनकपुरस्थित कृष्ण मन्दिरमा भव्य रुपमा कृष्णाजन्माष्टमी मनाउँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *