सुनसरीमा एक साताका लागि थपिए निषेधाज्ञा

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,भदौ १५ गते।

सुनसरीमा एक साताका लागि निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले पछिल्लो पटक थप गरेको निषेधाज्ञाको अवधि सोमबार रातिसम्म मात्रै रहेकाले थप एक साता निषेधाज्ञा थप गरिएको हो ।

भदौ १४ गते राति १२ बजेदेखि लागू हुनेगरी भदौ २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ । थप भएको निषेधाज्ञामा हाल भइरहेको व्यावस्थालाई निरन्तरता दिइने प्रशासनले जनाएको छ ।

निषेधाज्ञा अवज्ञा गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने जनाउँदै  संक्रमण बढ्न गएमा निषेधाज्ञाको व्यवस्थाहरुमा कुनै पनि बेला पुनरावलोकन गर्दै थप कडाई हुने जारी निषेधाज्ञा आदेशमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *