श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १५ गते।

श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ।

एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

उनकाअनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ।

कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ। उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ।

भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *